पश्चिमा देशले युक्रेनलाई दिएका ३० प्रतिशत हतियार नष्ट भएका छन् : पुटिन – Nepal Press

पश्चिमा देशले युक्रेनलाई दिएका ३० प्रतिशत हतियार नष्ट भएका छन् : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई अमेरिकी र युरोपेली देशले दिएका ३० प्रतिशत हतियार रुसले ध्वस्त पारेको बताएका छन् ।

मंगलबार युद्ध पत्रकारहरुसँग कुराकानी गर्दै पुटिनले यस्तो बताएका हुन् । पुटिनका अनुसार रुसको भन्दा दश गुणा सैन्य क्षती युक्रेनको भएको बताएका छन् ।

गत जुन ४ बाट युक्रेनले प्रत्याक्रमण गरेपछि कुनै सफलता नभएको बताएका छन् । रुसले नयाँ तीन लाख सैनिक भर्ती माग्दा डेढ लाखले आवेदन दिएको भन्दै पुटिनले भने, ‘हरेक हप्ता साढे नौ हजारको दरले आवेदन आइरहेका छन् ।’

फरक प्रसङ्गमा पुटिनले युक्रेनको आन्तरिक सामर्थ्य सबै ध्वस्त गरेको भन्दै अब युक्रेन अमेरिका र युरोपेली सहयोगमा मात्रै टिक्ने बताए । गत वर्षको फेब्रुअरी २४ बाट सुरु भएको युक्रेन हमलापछि रुसि युद्ध औद्योगिक उत्पादन तीन सिफ्टमा भएको पुटिनले बताएक छन् ।

पुटिनले युद्ध पत्रकारहरुसँग भएको कुराकानीलाई रुसी सरकारी विश्व च्यानल आरटीले प्राथमिकताकासाथ प्रकाशन गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर