प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको संगठित बार्गेनिङ, एक्लाएक्लै संसदीय सुनुवाइमा नजाने अडान – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीकर्ताको संगठित बार्गेनिङ, एक्लाएक्लै संसदीय सुनुवाइमा नजाने अडान

काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि सिफारिस भएका हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीमाथि छलफल सुरू भएको छ ।

संसदीय सुनुवाइ समितिको बैठकमा २० वटा उजुरीका २३ जना उजुरीकर्ता सम्पर्कमा आएको ज्येष्ठ सदस्य तथा समिति सभापति पशुपतिशमशेर जबराले जानकारी दिए ।

गम्भीर प्रकृतिका उजुरी मात्र प्राथमिकता दिएर छलफल गर्ने उनले बताए ।

उनले भने, ‘सामान्य र उजुरीका लागि उजुरीमात्रमा छलफल कम हुन्छ । प्रत्येक उजुरीकर्तालाई १० मिनेटको समय उपलब्ध गराइन्छ ।’

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी गर्नेहरू समूह बनाएरै संसद सचिवालयमा आएका छन् । उनीहरूले एक्लाएक्लै समितिमा नजाने भन्दै सबैलाई एकैपटक बोलाइनुपर्ने नत्र कोही पनि नजाने अड्डी कसेका छन् ।

संसदीय सुनुवाइ समितितको प्रक्रिया भने उनीहरूले भनेजस्तो छैन । प्रत्येक उजुरीकर्तालाई अलगअलग बोलाएर १० मिनेटको समय दिइने छ । तर, उजुरीकर्ताले भने संगठितरूपमै समितिसँग बार्गेनिङ गरिरहेका छन् ।

उजुरीकर्ताहरू पेशेवर र संगठित देखिएको र उनीहरुले संसदीय सुनुवाइ समितिलाई नै ‘संगठित ब्ल्याकमेल’ गर्न थालेपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो तत्कालै खोल्ने तयारीमा समिति जुटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर