कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज – Nepal Press

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

विराटनगर । कोशी प्रदेश सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

आज बस्ने प्रदेश सभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा एमालेको संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

मङ्गलवार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रमलाई छलफलका लागि स्वीकृति गर्ने निर्णय गर्दै प्रदेशसभालाई सम्बोधन गरी प्रस्तुत गर्न प्रदेश प्रमुखलाई अनुरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *