समाजवादी मोर्चासँगै वामपन्थीहरूको एकताको तयारीमा छौं : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

समाजवादी मोर्चासँगै वामपन्थीहरूको एकताको तयारीमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् ।

पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आवश्यकतालाई अगाडि बढाउने गरी तयारी भइरहेको बताए ।

अहिले समाजवादीहरूको बृहत्तर मोर्चा बनाउने र अर्कोतिर वामपन्थीहरूको एकताको विषयमा छलफल भइरहेको उनको भनाई थियो ।

उनले भने, ‘नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउने जमर्को गरिरहेका छौँ । यो परिस्थितिमा एकतातिर समाजवादीहरूको एउटा बृहत्तर मोर्चा बनाउने तयारीमा छौँ र विचारको हिसाबले अबको नेपाली क्रान्तिको समाजवादी बाटो कस्तो भन्ने खोजी गर्दै छाैं । सकेसम्म सच्चा वामपन्थतीहरुको ध्रुवीकरण र एकता आवश्यकता छ । र त्यसलाई अगाडि बढाउनुपर्छ भन्ने हामीले सोचिरहेका छौँ ।’

गठबन्धन सरकार गठन भएदेखि नै सुशासन र जनताले महसुस हुने गरी काम गरिरहेको उनले बताए ।

सुशासनका लागि भ्रष्टाचारका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षका साथ दृढताका साथ अगाडि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर