डिआर पौडेलको चौथो स्मृति दिवस पेरिसडाँडामा (तस्बिरहरू) – Nepal Press

डिआर पौडेलको चौथो स्मृति दिवस पेरिसडाँडामा (तस्बिरहरू)

काठमाडौं । पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवस पेरिसडाँडामा आयोजना गरिएको छ ।

बुधबार विहान आयोजित दिवसमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु उपस्थित थिए ।

पौडेलको तस्बिरमा माल्यार्पण गर्दै नेताहरुले उनको योगदानको चर्चा गरेका थिए ।

पौडेलको २०७६ सालमा चितवनमा रहेको आफ्नै निवासमा हृदयघातका कराण निधन भएको थियो ।

उनी रक्तचापका विरामी थिए । २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा उनी शिक्षामन्त्री भएका थिए ।

पौडेलले पत्रकारिता र राजनीति सँगसँगै गरेका थिए। उनी जनएकता साप्ताहिकका सम्पादक भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर