रवि, बालेन र हर्कको प्रशंसा गर्दै गोकुलको टिप्पणी- सकारात्मक थ्रेट पनि मज्जा हुँदोरहेछ – Nepal Press

रवि, बालेन र हर्कको प्रशंसा गर्दै गोकुलको टिप्पणी- सकारात्मक थ्रेट पनि मज्जा हुँदोरहेछ

काठमाडौं । नेकपा एमालेभित्र संघीयता,निर्वाचन प्रणालीलगायतका विषयमा फरक मत राख्दै आएका नेता गोकुल बास्कोटाले रवि लामिछाने, बालेन शाह र हर्क साम्पाङको प्रशंसा गर्दै उनीहरुले ठूला दलहरुलाई सकारात्मक थ्रेट दिएको टिप्पणी गरेका छन् ।

रविले निर्वाचन प्रणाली बदल्ने कुरा गरेको, बालेनले माओवादीका विद्यार्थीले विद्यालयमा लगाएको ताला फोडेको र हर्क साम्पाङले धरानमा पानी ल्याउन सफल भएको भन्दै बास्कोटाले सधैँभरी सबैतिर यस्तो होला ? भन्ने प्रश्न गरेका छन् ।

बास्कोटाले भने, ‘धरानकाले धारो ल्याएछन्, बालेनले बन्द ताला तोड्देछन् अनि रविले सम्पूर्ण संरचना बदलिदिने प्रस्ताव पेश गर्दिएछन् । आज साँझपखका समाचारहरु नकारात्मकता र केवल नकारात्मकमा र आत्मरतिमा रमाउने भन्दा भिन्न लागे है मलाई त । सकारात्मक थ्रेट पनि मज्जा हुदों रहेछ । सधैँभरि, सबैतिर यस्तै होला ?

एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री बास्कोटाले पार्टीको पछिल्लो कार्य विभाजनलाई सिडिओ सरुवाको शैली भन्दै असहमति जनाएका छन् भने प्रदेश संरचना खारेज गर्ने उनको प्रस्ताव अध्यक्ष केपी ओलीले पछिल्लो बैठकमा अश्वीकृत गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर