जनकपुरमा एक युवकले गरे आत्मदाह प्रयास – Nepal Press

जनकपुरमा एक युवकले गरे आत्मदाह प्रयास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १ मिल्स एरियास्थित एक युवकले आफ्नै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

जनकपुरधाम १४ रजौल घर भएका अन्दाजी ३० वर्षीय रितेश दासले आत्मदाहको प्रयास गरेका हुन् । शरीरमा पेट्रोल छर्किरहेको देखेपछि स्थानीयले उद्धार गरेका छन् ।

मिल्स एरियामा आइएमई मनी ट्रान्सफर सञ्चालन गरेका उमेश साहसँग रितेशले ३० लाख ऋण लिएका थिए । ऋण लिन उनले जनकपुरधामकै ४ कट्ठा ८ धुर जग्गा उमेशको श्रीमती संगिता देवी साहको नाममा रजिस्ट्रेशन पास गरेका थिए ।

तर ऋण लिएको ६ महिना नबित्दै उमेशले सो जग्गा बिक्री गरेपछि रितेश आत्मदाहको प्रयास गरेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर