इप्पानको उपमहासचिव र कोषाध्यक्षसहित ३ महिला सदस्य निर्विरोध – Nepal Press

इप्पानको उपमहासचिव र कोषाध्यक्षसहित ३ महिला सदस्य निर्विरोध

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, (इप्पान) को नयाँ कार्यसमितिका लागि ३८ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवमा २/२ जना मैदानमा छन् । उपमहासचिव र कोषाध्यक्ष भने निर्विरोध चयन भएका छन् । उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्रवल्लभ निर्विरोध भएका हुन् ।

एकल उम्मेदवारी परेका कारण उनीहरू निर्विरोध भएका हुन् । ३ जना महिला सदस्य पनि निर्विरोध चयन भएका छन् । ईशा श्रेष्ठ, सुशन कर्माचार्य र सुमन जोशी निर्विरोध चयन भएका हुन् ।

जेठ ३२ गते हुने निर्वाचनबाट २५ सदस्यीय नयाँ नेतृत्व चयन हुँदैछ । अध्यक्षका लागि गणेश कार्की र किरण मल्लको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र सूर्यप्रसाद अधिकारीको उम्मेदवारी पर्दा महासचिवमा बलराम खतिवडा र विनोद देवकोटा प्रतिस्पर्धामा छन् ।

वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष बन्न पाउने व्यवस्था छ।उपाध्यक्षमा भरतबहादुर खत्री, आशिष गर्ग, आनन्द चौधरी, उत्तम ब्लोन लामा, रामप्रसाद आचार्य, वीरेन्द्र मल्ल र दीपेन्द्रबहादुर बमको उम्मेदवारी परेको छ । यसमा ५ जना चयन हुनेछन् । सचिवमा भरत नेपाल, भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, हिम पाठक र नारायण कँडेलको उम्मेदवारी परेको छ। सचिव पनि पाँचजना नै चयन हुनेछन् ।

सदस्यमा भने १७ जनाको उम्मेव्दारी परेको छ । जसमा टेकनाथ आचार्य, विजयमोहन भट्टराई, भरत पराजुली, कुवेरमणि नेपाल, मिथुन पौडेल, शंकर बस्याल, गृष्म ओझा, शकुन्द ओझा, दीपक पौड्याल, उत्तरकुमार श्रेष्ठ, कदम केसी, तारा सुब्बा, विकास कुमार श्रेष्ठ र सीताराम तिमिल्सिनाको उम्मेदवारी दर्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *