सुनकोशी गाउँपालिकामा महिला भवन र कूल घरको उद्घाटन – Nepal Press

सुनकोशी गाउँपालिकामा महिला भवन र कूल घरको उद्घाटन

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्षको बजेटबाट निर्माण सम्पन्न भएको महिला भवन र पराजुलीहरुको कूल भवनको उद्घाटन भएको छ ।

सुनकोशी गाउँपालिका-१ ठोकर्पामा रत्तकाली महिला समूहबाट निर्माण गरिएको कोटगाउँ सामुदायिक महिला भवनको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले उद््घाटन गरेका थिए ।

गाउँपालिकाको ५ लाख र स्थानीय जनश्रमदानमा निर्माण सम्पन्न भएको दुई कोठे सामुदायिक भवन निर्माण सम्पन्न भएपछि यस क्षेत्रका महिलाहरुको समूहको भेला बैठकलगायत अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सहज भएको रक्तकाली महिला समूहकी अध्यक्ष उषादेवी खनालले जानकारी दिइन् ।

मासिक २० रुपियाँ बचत संकलन गरेर सुरु भएको रक्तकाली महिला समुहमा हाल ६५ जना सदस्यहरु रहेका छन् । महिलाहरुको बैठक, भेला बस्दा धेरै नै समस्या हुने गरेको थियो, अहिले भवन बनेपछि धेरै सजिलो भएको समूहकी सचिव शर्मीला नेपालीले बताइन् ।

सुरुदेखि नै भवन निर्माणका लागि आफुहरुले आग्रह गरेपनि कसैले वास्ता नगरेको र अहिलेका जनप्रतिनिधिहरु आएपछि भने आफुहरुको माग सुनुवाई भएको सचिव नेपालीले बताइन् ।

गाउँपालिकाको सहयोगमा निर्माण सम्पन्न भएको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले आफुहरु निर्वाचीत भएर आएको एक वर्षमा गाउँपालिकामा विकासका धेरै कामहरुको सुरुवात भएको र आगामी वर्षदेखि युवा,महिला हरुलाई लक्षीत गरेर रोजगारी सिर्जनाका योजनाहरु अगाढी सार्ने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले महिलाहरुले समयमा नै भवन निर्माण सम्पन्न गरेर उदहारणीय काम गरेको बताए ।

त्यस्तै, सुनकोशी गाउँपालिकाको ३ लाख र स्थानीय जनश्रमदान १ लाख ५० हजार सहित ४ लाख ५० हजारमा सुनकोशी-६ मा निर्माण सम्पन्न भएको पराजुलीहरुको कूल पूजा घरको पनि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले उद्घाटन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *