प्रधानमन्त्रीले गराए स्वास्थ्य परीक्षण, कस्तो छ अवस्था ? – Nepal Press

प्रधानमन्त्रीले गराए स्वास्थ्य परीक्षण, कस्तो छ अवस्था ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका छन्।

प्रधानमन्त्रीले सोमबार स्वास्थ्य परीक्षण गराएको नर्भिक अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो। सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौ।

त्यसो त लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पत्नी सीता दाहालको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर