गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब प्रदेश प्रमुख कार्यालय घेराउ
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
![](https://www.nepalpress.com/wp-content/uploads/2023/06/pradesh-sava-sudur-paschim-geta-clz.jpg)
कैलाली ।कैलालीको गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन प्रदेश प्रमुख कार्यालय घेराउ गरिएको छ ।
शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले आज प्रदेश प्रमुख कार्यालय घेराउ गरेको हो । उनीहरुले मुखमा र आँखामा कालो पट्टी बाधेर बिरोध गरेका थिए । यस अघि हिजो प्रदेश सभा भवन घेराउ गरिएको थियो ।
२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।