नेपाल र पाकिस्तान ए बीचको खेल वर्षाले रोकियो, नेपालको खातामा ७ विकेट – Nepal Press

नेपाल र पाकिस्तान ए बीचको खेल वर्षाले रोकियो, नेपालको खातामा ७ विकेट

काठमाडौं । एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा अहिले नेपाल र पाकिस्तान ए को खेल वर्षाले रोकिएको छ ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले खेलमा राम्रो सुरुआत गरेको थियो ।

खेल रोकिनु पूर्व नेपालले ७ विकेट लिएको छ । पाकिस्तान ए ले १५ ओभर खेलेको छ ।

नेपालका लागि कविता जोशी र सीता रानामगरले २-२ विकेट लिएका छन् ।

यस्तै कविता कुँवर र इन्दु बर्माले १-१ विकेट लिएका छन् ।

 

*अपडेट : खेल फेरि सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर