नामकरणमा असन्तुष्ट आन्दोलनरत संघर्ष समितिलाई वार्ताका लागि पत्र – Nepal Press

नामकरणमा असन्तुष्ट आन्दोलनरत संघर्ष समितिलाई वार्ताका लागि पत्र

विराटनगर । प्रदेशको नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत प्रदेश नम्बर १ पुन नामकरण संघर्ष समितिलाई कोशी प्रदेश सरकारले वार्ताका लागि औपचारिक पत्र पठाएको छ ।

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पुन नामकरण संघर्ष समितीलाई पत्र पठाएको हो ।

पत्रमा कोशी प्रदेश नामाकरण भएपछि नामाकरणका विषयमा केही समयदेखि असन्तुष्टी र विरोधका घटना हुँदै आएकोले प्रदेश नामाकरणका सम्बन्धमा असन्तुष्ट पक्षहरुसँग वार्ता र संवादको माध्यमबाट समस्याको समाधान खोज्न आभ्वन गरिएको छ ।

पत्रमा वार्ता प्रयोजनका लागि प्रदेश सरकार, कोशी प्रदेश मन्त्रिपरिषद्को २४ गतेको निर्णयअनुसार वार्ता समिति गठन भएको उल्लेख छ ।

सरकारले खानेपानी सिन्चाई तथा उर्जा तथा स्वास्थ्य मन्त्री तिल कुमार मेन्याङ्बोको सम्योजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । टोलीमा मन्त्री भक्ति प्रसाद सिटौला र वुद्धि कुमार राजभण्डारी सदस्य रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *