स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना २ घरका (अपडेट) – Nepal Press

स्वर्गद्वारीबाट फर्केको कार दुर्घटनामा मृत्यु हुनेमध्ये ७ जना २ घरका (अपडेट)

दाङ । स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ । प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर