पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा (भिडिओ) – Nepal Press

पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका छन् ।

लामो समयदेखि लगभग अचेत अवस्थामा रहेकी दाहाललाई सोमबार अपरान्ह नर्भिकमा लगिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।

नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको जनाएको छ । थप जानकारी औपचारिक रुपमा गराइने अस्पताल प्रशासनले जनाएको छ ।

अहिले आफन्त र शुभेच्छुकहरुको अस्पतालमा भीड लागेको छ ।

तस्बिरहरु : उमेश कार्की

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *