स्वर्गद्वारीबाट फर्केको कार भिङ्रीमा दुर्घटना, मानवीय क्षतिकाे आशंका – Nepal Press

स्वर्गद्वारीबाट फर्केको कार भिङ्रीमा दुर्घटना, मानवीय क्षतिकाे आशंका

रूपन्देही । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटनामा परेकाे छ । कारमा चालक र ३ जना बालबालिकासहित ८ जना सवार थिए । उनीहरू गम्भीर घाइते रहेकाे भन्दै प्रहरीले मानवीय क्षतिको समेत आशंका गरेको छ ।

लु. १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी पुगेर फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयका अनुसार घटनामा परेकाे गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । घटनास्थलमा प्रहरी परिचालित भएका छन् ।

दाङको लमही- ५ बाट उनीहरू स्वर्गद्वारी दर्शनमा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *