प्रदेश सभा घेराउ भएपछि मुख्यमन्त्री शाहले भने– स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पहल जारी छ – Nepal Press

प्रदेश सभा घेराउ भएपछि मुख्यमन्त्री शाहले भने– स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन पहल जारी छ

कैलाली । प्रदेश सभा घेराउ भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन आफूले पहल गरिरहेको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले संघीय सरकारले नीति तथा कार्यक्रम र बजेटले उल्झन देखाएको भन्दै सरकार राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर सरकारले १०० शैय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेको पछि यहाँ आन्दोलन भइरहेको छ ।

हिजो प्रदेश सभा बैठकमा नेकपा एमालेले सरकारको जवाफ माग गरेको थियो । संघीय सरकारले बजेटमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बजेट विनियोजन नगर्दा पनि प्रदेश सरकारले चासो नदिएपछि एमालेले प्रदेश सभामा सरकारले जवाफ माग गरेको थियो ।

त्यस लगत्तै विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीले सुविधा सम्पन्न अस्पताल सहितको स्वास्थ्य सेवा एवम् चिकित्सा शिक्षाको केन्द्रको रुपमा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना र विकासका लागि पहल गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर