बजेट तीन जिल्लामा मात्र थुप्रिएकोबारे अर्थमन्त्रीको यस्तो जवाफ (भिडिओ) – Nepal Press

बजेट तीन जिल्लामा मात्र थुप्रिएकोबारे अर्थमन्त्रीको यस्तो जवाफ (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशरण महतले तीनवटा जिल्लामामात्र बजेट केन्द्रित गरिएको विषयमा बचाउ गरेका छन् ।

बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा मात्र थुपारिएको सत्ताधारी सांसदहरूकै आरोपको जवाफ दिँदै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पूँजीगततर्फ कूल १२३ अर्ब विनियोजन रहेकोमा ३ वटा जिल्लामा छुट्टाएको रकम ठूलो परिमाणमा नभएको बताए ।

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिादै उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकोले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनु परेको प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर