वातावरणीय हिसाबले उपयुक्त देखिए मात्र निर्यात ढुंगा गिट्टी निकासी हुन्छ : अर्थमन्त्री (भिडिओ) – Nepal Press

वातावरणीय हिसाबले उपयुक्त देखिए मात्र निर्यात ढुंगा गिट्टी निकासी हुन्छ : अर्थमन्त्री (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन् ।

उनले सोमबार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताए ।

‘हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो । तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन’, महतले भने ।

चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरियो ।

जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौं । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ?
अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *