इप्पानको चुनावमा गणेश कार्की प्यानल घोषणा, क-कसले गरे समर्थन ? – Nepal Press

इप्पानको चुनावमा गणेश कार्की प्यानल घोषणा, क-कसले गरे समर्थन ?

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को चुनाव जेठ ३२ गते हुँदैछ ।

इप्पानको निर्वाचनमा दुइटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । एउटा प्यानलको नेतृत्व गरेका छन् गणेश कार्कीले । कार्कीको प्यानलले पूर्णता पाएको छ ।

कार्कीको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष दुलाल, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामाको उम्मेदवारी रहेको छ ।

त्यस्तै, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको उम्मेदवारी रहेको छ ।

कार्कीको प्यानलाई वर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्य, उद्योग वाणिज्य महासंघका सदस्य तथा ऊर्जा उत्पादक शैलेन्द्र गुरागाईँ, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल र पूर्व मन्त्री तथा ऊर्जा व्यवसायी उमेश श्रेष्ठलगायतको समर्थन रहेको छ ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर