लागू औषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ – Nepal Press

लागू औषधसहित कञ्चनपुरबाट तीन युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागू औषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ ।

गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी, २० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाईं पक्राउ परेका हुन् ।

शंका लागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरोहेरोईन र मोबाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर