उरुग्वेले उचाल्यो यू-२० विश्वकपको उपाधि – Nepal Press

उरुग्वेले उचाल्यो यू-२० विश्वकपको उपाधि

काठमाडौं । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ ।

अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेको लुसियानो रोड्रिगेजले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो ।

उरुग्वेले विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो, यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न उसले मौका पाएको थियो । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो।

अहिलेसम्म यू–२० विश्वकपको उपाधि धेरै पटक अर्जेन्टिनाले उचालेको छ । अर्जेन्टिनाले ६ पटकसम्म उपाधि उचाल्दा दोस्रो स्थानमा रहेको ब्राजिलले ५ पटक जित हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर