प्रकाशमानको गुनासो- कांग्रेस विधिसम्मत चल्न सकेन – Nepal Press

प्रकाशमानको गुनासो- कांग्रेस विधिसम्मत चल्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत ढङ्गले चल्न नसकेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बाग्मती प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत ढङ्गले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अप्ठ्यारोमा परेको बताए ।

‘प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन’, नेता सिंहले भने, ‘विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो ।’

ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाँक्नसक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर