सुदूरपश्चिम एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन – Nepal Press

सुदूरपश्चिम एमाले प्रमुख सचेतकमा पाल र सचेतकमा साउद चयन

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो ।

प्रमुख सचेतकको जिम्मेवारी पाएका पाल एमाले बैतडी जिल्ला अध्यक्ष पनि हुन् । सचेतकमा चयन भएकी साउद भने डोटीबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा चयन भएकी थिइन् ।

त्यस्तै, संसदीय दलको बैठकले कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिने निर्णय समेत गरेको छ । नीति तथा कार्यक्रममा आइरहेको योजना बजेटमा नल्याइएको भन्दै त्यसको विरोध गरिएको दलका नेता रावलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर