कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिन्छ : ओली (भिडिओ) – Nepal Press

कला र सम्पदाको संरक्षण गर्न सके धेरै शिक्षा लिन सकिन्छ : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कलाको पुरानो इतिहास भएको बताएका छन्।

नेपाल आर्ट ग्यालरीमा चित्रकला अवलोकन गर्दै उनले संस्कृति, चाडबाड र परम्पराको पुरानो इतिहास भएको बताउँदै हाम्रा सम्पदा भएको बताए।

हाम्रा कला र सम्पदाको संरक्षण गर्न सके त्यति धेरै शिक्षा लिन सकिने उनको भनाइ छ।

इतिहास, सम्पदा र संस्कृतिको रक्षा गर्नुपर्ने बताए। चित्रकलाको अवलोकन कार्यक्रम भएकाले उनले कुनै राजनीतिक कुरा गर्न चाहेनन्।

सञ्चारकर्मीहरूले एमालेमा उमेद हद हटाएर फेरि तपाईलाई अध्यक्ष बन्ने बाटो खुलाएको हो रु भन्ने प्रश्नमा जवाफ दिएनन्। सञ्चारकर्मीको त्यो प्रश्नपछि उनले भित्ते चित्र देखाउँदै व्यङ्ग्यात्मक रूपमा भने, ‘यो चित्र राम्रो छ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर