लागूऔषधसहित वीरेन्द्रनगरमा तीन जना पक्राउ – Nepal Press

लागूऔषधसहित वीरेन्द्रनगरमा तीन जना पक्राउ

सुर्खेत । लागूऔषधसहित वीरेन्द्रनगरमा तीन जना पक्राउ परेका छन् । आइतबार सुर्खेत प्रहरीले वीरेन्द्रनगर-६ मंगलगढी चोकमा रहेको एक होटलबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–३ कालिकोटका ३० वर्षीय अर्जुन देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका–११ बाँकेका २४ वर्षीय खिरोज खान र बाँकेकी २३ वर्षीय शारदा सिंह रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १९ ग्राम ८२० मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

साथै, प्रहरीले नेपाली तीन हजार र भारतीय दुई हजार ६ सय रुपैयाँ, एक एक थान मोबाइल समेत बरामद गरेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *