ज्येष्ठ नागरिकको अवस्था चित्रणमा बनाइएको वृत्तचित्र ‘ज्येष्ठ नागरिक’ प्रदर्शन – Nepal Press

ज्येष्ठ नागरिकको अवस्था चित्रणमा बनाइएको वृत्तचित्र ‘ज्येष्ठ नागरिक’ प्रदर्शन

काठमाडौं । ज्येष्ठ नागरिकको अवस्था चित्रण गरेर बनाइएको वृत्तचित्र ‘ज्येष्ठ नागरिक’ को प्रदर्शनी गरिएको छ ।

शनिवार आइटी पत्रकार मञ्च, काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहकार्यमा निर्माण भएको ज्येष्ठ नागरिकको जीवनशैली र अवस्था चित्रण गरिएको वृत्तचित्र राजधानीमा प्रदर्शनी गरिएको हो ।

कार्यक्रममा महानगरपालिका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले परिवारभित्रै सम्मानपूर्वक बाँच्न पाउने वातावरणका लागि परिवारका सदस्य तथा राज्यले दायित्व सम्झेर काम गर्नुपर्ने बताए ।

यस्तै, वृत्तचित्रका निर्देशक भरतराज उप्रेतीले नेपालमा २३ लाख ८४ हजार जना ज्येष्ठ नागरिक रहेको, ज्येष्ठ नागरिकको जीवन सम्मानित र सहज बनाउन राज्यले ल्याएका नीति, सामाजिक सुरक्षा भत्तालगायत अन्य सुविधाले जीवनमा पारेको प्रभाव र हाल ज्येष्ठ नागरिकले भोगेको अवस्थाको बारेमा व्याख्या गरे । त्यस्तै, राज्यले बनाउने नीतिमा गर्नुपर्ने सुधारका लागि सुझाव सङ्कलन गर्ने लक्ष्यले ज्येष्ठ नागरिक वृत्तचित्र बनाइएको उनले बताए ।

हाल काठमाडौँ महानगरपालिका वडा १३, १६ र २० लाई लक्षित गरी वृत्तचित्र बनाएको र आगामी दिनमा सातै प्रदेशमा बसोबास गर्ने ज्येष्ठ नागरिकको अवस्थाबारे वृत्तचित्र बनाउने लक्ष्य रहेको समेत उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *