ब्याटिङ नचल्दा दोस्रो अभ्यास खेलमा पनि हार्‍यो नेपाल  – Nepal Press

ब्याटिङ नचल्दा दोस्रो अभ्यास खेलमा पनि हार्‍यो नेपाल 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रिकामा भएको विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको छ । पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग ७ विकेटको पराजय बेहोरेको थियो ।

टस हरेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३६.५ ओभरमा १ सय ५७ रनको लक्ष्य प्रस्तुत गर्दै अलआउट भएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा वेस्ली ब्यारेसीले सर्वाधिक ६३ रनको अविजित इनिङ खेले । उनले ८८ बल खेल्दै ४ चौका र एक छक्का प्रहार गरे । कप्तान एडवार्डसले २२ रन जोड्दा ओपनर विक्रमजित सिंह २१ रनमा पभेलियन फर्किए ।

नेपालका गुलशन झा र ललित राजवंशीले दुई/दुई विकेट लिँदा, प्रतिश जिसीले एक विकेट लिए । पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३० रन योगदान गरे । गुलशन झाले ३२ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोड्न सफल भए । आसिफ शेख र सोमपाल कामी समान १८ रनमा आउट हुँदा प्रतिश जीसी १९ रन जोडेर पभेलियन फर्किएका थिए । त्योबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेदरल्यान्ड्सका लोगन भान बिक्ले सर्वाधिक ५ विकेट लिए । उनले ७ ओभरमा २६ रन खर्चिए । जिम्बावेमा विश्वकप छनोट खेल्न जानुअघि दक्षिण अफ्रिकामा खेलेका दुवै अभ्यास खेलमा नेपालले ब्याटिङमै संघर्स गर्‍यो ।

अब नेपाल दक्षिण अफ्रिकाको तयारी सकेर नेपाल जुन १८ देखि ९ जुलाईसम्म हुने विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गर्नेछ ।

नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने छ ।

पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई)सँग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

विश्वकप छनोट खेल्ने नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर