मन्त्रीहरूसहित प्रचण्ड पशुपतिनाथ पुग्दा बाबुरामले लेखे यस्तो स्टाटस – Nepal Press

मन्त्रीहरूसहित प्रचण्ड पशुपतिनाथ पुग्दा बाबुरामले लेखे यस्तो स्टाटस

काठमाडौं । शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथ पुगे । केही मन्त्रीमण्डलका सदस्यसहित प्रचण्ड पशुपतिनाथ पुगेका थिए । उनले त्यहाँ दर्शन गरे ।

प्रचण्डसहितको टोलीलाई पशुपति क्षेत्र विकास कोषको टोलीले स्वागत गरेको थियो । प्रचण्डसहितको टोली पशुपतिनाथ पुगेपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एक फेसबुक स्टाटस लेखेका छन् ।

उनले कुनै व्यक्ति एक्लै वा सपरिवार धार्मिक स्थल जाँदा प्रश्न उठाउन नमिले पनि मन्त्रिमण्डल नै जाँदा राजनीति हुने बताएका छन् ।

प्रचण्डको भारत भ्रमण, पशुपतिनाथ भ्रमण, अखण्ड भारतको नक्सा र अन्य केही मन्त्रीहरू एक बाबासँग पुगेको तस्बिर साझा गर्दै उनले भनेका छन्, ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन त्यो उसको निजी आस्थाको कुरा हो !  तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर