अनन्त ए डिभिजन लिगमा सर्वोत्कृष्ट, लकेन उदयीमान खेलाडी – Nepal Press

अनन्त ए डिभिजन लिगमा सर्वोत्कृष्ट, लकेन उदयीमान खेलाडी

काठमाडौं । च्याम्पियन चर्च ब्वाइज यूनाइटेडका कप्तान अनन्त तामाङले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् ।

सर्वोत्कृष्ट घोषित भएसँगै अनन्तले नगद ३ लाख प्राप्त गरेका छन् । यस्तै, थ्री स्टार क्लबका मिडफिल्डर लकेन लिम्बुले उदयीमान खेलाडीको अवार्ड पाए । जारी लिगमा उत्कृष्ट प्रदर्शन गर्दै साफ च्याम्पियनसिपका लागि अन्तिम टिममा अटाएका लकेनले उदयीमान खेलाडीको अवार्डसँगै १ लाख ५० हजार प्राप्त गरे ।

मछिन्द्र क्लबका नाइजेरियन फरवार्ड ओलावाले अफिजले सर्वाधिक गोलकर्ताको अवार्ड पाए । उनले, लिगमा सर्वाधिक २३ गोल गरेका छन् । सर्वाधिक गोलकर्ताको अवार्डसँगै अफिजले नगद २ लाख पाए ।

च्याम्पियन चर्चब्वाइज यूनाईटडका गोलकिपर प्रिसो लिगको उत्कृष्ट गोलकिपर घोसित भए । क्याम्रुनि गोलकिपर प्रिसोले उत्कृष्ट गोलकिपरको अवार्डसँगै २ लाख नगद प्राप्त गरे ।

फागुन १९ गतेदेखि सुरु भएको लिग पहिलो पटक डबल राउन्ड रोबिनमा आयोजना गरिएको थियो । जसको समापन आज जेठ २७ गते भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर