ओली-प्रचण्डलाई माधव नेपालको आह्वान : तत्कालीन नेकपा ब्यूँताऔँ (भिडिओ) – Nepal Press

ओली-प्रचण्डलाई माधव नेपालको आह्वान : तत्कालीन नेकपा ब्यूँताऔँ (भिडिओ)

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।

शनिवार शनिवार भक्तपुरमा आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताए ।

उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको बताए ।

अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष ओलीले ७० वर्षको उमेर हद हटाएर आफू कुर्सीबाट हट्न नचाहेको आरोप लगाए ।

उनले आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर बसी नरहने जिकिर गरे । उनले अध्यक्ष ओली पार्टीको सल्लाहकार भएर बस्न र युवाहरूले पार्टी सञ्चालन गर्न नसके पुनः पार्टीको नेतृत्व लिन आउन सुझाव दिए ।

उनले भने, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमाले, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ । आउनुहोस्, प्रचण्ड जीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरेपनि सफल हुन नदिने बताए ।


प्रतिक्रिया

4 thoughts on “ओली-प्रचण्डलाई माधव नेपालको आह्वान : तत्कालीन नेकपा ब्यूँताऔँ (भिडिओ)

  1. फटाहाहरूको सम्मलेन मार्फत अध्यक्षको पगरी गुथिदिए हुन्छ ।

  2. हुदाहुदैको नेकपा फुटाउने तपाइ । अहिले राम्रा र धेरै नेताहरू एमालेमा गइ सकेको अवस्थामा पार्टी रसातलमा पुग्न लागेको बेलामा तपाइको नेकपा लाइ व्युताउने विचारलाइ कसले गम्भिर रूपमा लिन्छ होला ?

  3. माधव नेपाल कुलंगार हुन्। प्रगतिशील राजनीति कमजोर बनाउन प्रयोग भएको पात्र हुन्। अब बचेखुचेको वामपन्थी आन्दोलन ध्वस्त बनाउन नेकपा व्युँत्याउने सपना देख्दैछन्। ठूलो देखिने नाममा यस्ता पात्रलाई आन्दोलनमा समेट्ने होइन। खराबलाई सधैं बहिष्कार र तिरस्कार गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर