‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक – Nepal Press

‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ ।

बिफोरयु म्युजिकबाट सार्वजनिक सिनेमाको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । गत बिहीबार सार्वजनिक गरिएको सिनेमाको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । विशेष गरी अभिनेत्री शिल्पा मास्को बोल्ड अवतारको चर्चा दर्शकमाझ भैरहेको छ ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् । दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।

डिएस डिजिटको व्यानरमा निर्माण भएको सिनेमाको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । सनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर