गायक विशाल निरौला र गायिका अस्मिता अिधकारीको ‘दिलमा ठाउँ दियौ’ रिलिज (भिडिओ) – Nepal Press

गायक विशाल निरौला र गायिका अस्मिता अिधकारीको ‘दिलमा ठाउँ दियौ’ रिलिज (भिडिओ)

काठमाडौं । गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘दिलमा ठाउँ दियौ’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । गीतमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ ।

आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् । भिडियोमा दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । आर्टम मुभिजले चाँडै नेपाली फिल्म निर्माण गर्दैछ ।

अष्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा नेपाल आएको मौका पारी भिडियोमा अभिनय गरेका हुन् ।
रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ ।

भिडिओ सुधिर श्रेष्ठको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडिओ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर