जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्ताव गैरसंवैधानिक : एमाले – Nepal Press

जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्ताव गैरसंवैधानिक : एमाले

काठमाडौं । नेकपा एमालेका नेता केदार कोईरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक रहेको बताएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखी काम गर्ने प्रस्ताव गरेको थियो ।

सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रश्तावप्रति आपत्ति जनाउँदै शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो ।

बैठकमा नेता कोईरालाले नेकपा एमालेले सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्तावमा असहमति राखेको बताए ।

उनले सरकारको यो प्रस्ताव संविधान विपरीत, निर्वाचन आयोगको स्वायत्तता र स्वतन्त्रता विपरीत रहेको ठहर पार्टीले गरेको बताए ।

सबै राजनीतिक दलले सर्वसहमतिले सरकारको प्रस्तावको बिरुद्धमा रहेको निर्णय निर्वाचन आयोगसँगको छलफल गरेको पनि बताए ।

‘आज निर्वाचन आयोगले ५ वटा विषयमा हामीसँग छलफल गरेको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने जुन प्रस्ताव छ, त्यसको बारेमा एमालेले संविधान विपरीत, निर्वाचन आयोगको स्वायत्तता र स्वतन्त्रता विपरीत छ, यसले स्वतन्त्र निर्वाचनको मान्यतालाई खण्डित गर्छ, यसले कार्यकारीको छायाँ बनाउने ढंगले ल्याइएकाले एमाले विरोध गर्छ’, उनले भने, ‘सबै राजनीतिक दलले सर्वसहमतिले सरकारको प्रस्तावको विरुद्धमा आवाज उठाउनुभएको छ, सर्वसम्मत निर्णय भएको छ । मतदाता नामावली संकलनलाई स्थानीय तहको वडासम्म जोड्ने र सूचना प्रविधिमार्फत केन्द्रको सूचना प्रविधिलाई बलियो बनाउने कुरा आयोगको सोचाइलाई राजनीतिक दलले समर्थन गरेका छौँ । साथै दलको लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने कुरामा आयोगले सहयोग माग्नुभएको छ । दलहरुले साथ दिने प्रतिवद्धता गरेका छन् ।’

नेता काईरालाले दलको लेखा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउने कुरामा आयोगले सहयोग मागेको र यसमा पनि सबै राजनीतिक दलहरुले समर्थन जनाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर