नागरिकतमा सर्वोच्चको आदेशप्रति मधेशका ९ जना कांग्रेस नेताको आपत्ति – Nepal Press

नागरिकतमा सर्वोच्चको आदेशप्रति मधेशका ९ जना कांग्रेस नेताको आपत्ति

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणपछि नागरिकता वितरण सुरु हुनासाथ सर्वोच्च अदालतले रोकेकोप्रति कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

मधेश प्रदेशका कांग्रेस नेताहरुले संयुक्त विज्ञप्ति जारी गरेर सर्वोच्चले नागरिकता सम्बन्धी ऐन कार्यान्वयन नगर्ने भनेकोप्रति आपत्ति जनाएका हुन् ।

कांग्रेसका बारा जिल्ला सचिव राजेश रौनियार, नेविसंघ पूर्वकेन्द्रिय सदस्य जिय राय, महाधिवेशन प्रतिनिधि निरज अग्रवाल, महासमिति सदस्य मो नैसाद आलाम, युवा नेता राकेश गुप्ता, नेविसंघ पूर्व केन्द्रिय सदस्य सञ्जिपकुमार यादव, युवा नेता आशोककुमार साह, युवा नेता प्रेमचन्द साह, नेविसंघ पूर्व सहमहामन्त्री परमेश्वर साह, नेका विन्ध्यावासिनम गाउँपालिका सभापति विवेशकुमार चौरसियाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनीहरुले सर्वोच्चबाटै नागरिकता विहिनहरुको आवाज सुनुवाइ नभएको भन्दै अब न्याय खोज्न कहाँ जाने भनेर प्रश्न समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर