जोशीपुरमा एकैदिन विद्यालय बिदा दिने र नदिने दुई विज्ञप्ति ! – Nepal Press

जोशीपुरमा एकैदिन विद्यालय बिदा दिने र नदिने दुई विज्ञप्ति !

कैलाली । कैलालीको जोशीपुर गाउँपालिकाले एउटै विषयमा फरक-फरक दुई विज्ञप्ति जारी गरेको छ । अत्याधिक गर्मी बढेपछि विद्यालय बिदा दिन भन्दै विज्ञप्ति जारी गरेको गाउँपालिकाले त्यसलगत्तै फेरि बिदा नदिन भन्दै विज्ञप्ति जारी गरेको छ ।

आजै जारी गरिएको पहिलो विज्ञप्तिमा आइतबारदेखि ५ दिनसम्म गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय बिदा गर्ने निर्णय गरिएको उल्लेख गरिएको छ । आजै जारी गरिएको अर्काे विज्ञप्तिमा उक्त बिदा स्थगित गरिएको उल्लेख छ ।

‘गर्मी अत्यधिक बढेपछि हामीले बिदा दिने निर्णय गरेका हौँ’, गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीले भने, ‘फेरि खोप लगाउनु पर्ने कुरा आएपछि बिदा स्थगित गरेका हौँ ।’

बिदा दिने निर्णय भएको विज्ञप्ति र बिदा स्थगित गरिएको विज्ञप्ति दुबै गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *