सिन्धुलीमा सर्पले डसेर एक महिलाकाे मृत्यु – Nepal Press

सिन्धुलीमा सर्पले डसेर एक महिलाकाे मृत्यु

सिन्धुली । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । आज बिहान साढे पाँच बजेसिन्धुली दुधौली नगरपालिका १० कर्था बस्ने ६२ वर्षीया शिव कुमारी कार्कीमने सर्पले डसेर मृत्यु भएको हो ।

कार्की बिहान उठेर आफ्नै घरको पेटीमा हिडिरहेको बेला अचानक सर्पले डसेर उपचारको लागि दुधौली नगरपालिका ९ सर्पदंश हस्पिटलमा लगिएकोमा सामान्य उपचार गरेर थप उपचारको लागि कर्जना फुलकुमारी महतो मेमोरियल हस्पिटल सिरहामा लगिएको थियो ।

उनको उपचारको क्रममा साढे ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

मृतक शव घरमा ल्याइसकेको भनेर जानकारी गराएपछि प्रहरी चौक दुधौली सिन्धुलीबाट खटेको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनले बताए । एक साता अघि सिन्धुलीमा नै सुतिरहेको बेला सर्पले डसेर दुई दाजुभाईको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर