जलहरी प्रकरणमा सांसद खतिवडा- संसदको रेकर्डबाट हटेपनि जनताको मनबाट हट्दैन, छलफल गरौं – Nepal Press

जलहरी प्रकरणमा सांसद खतिवडा- संसदको रेकर्डबाट हटेपनि जनताको मनबाट हट्दैन, छलफल गरौं

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिको सुनको जलहरी प्रकरणको संसदमा छलफल गर्न माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जलहरी प्रकरणमा संसदमा उठेको बिषय रेकर्डबाट हटाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘हामीले संसदलाई हल्ला रुपमा प्रस्तुत गर्दैछौं। कसैको सत्ताको आवेगको केन्द्र नबनोस्। संसदमा छलफल हुनुपर्ने बिषय रेकर्डबाट हट्ने परम्परा अन्त्य होस्। हामी संसदलाई सार्वभौम बनाउन चाहन्छौं। महालेखाको प्रतिवेदन ५१६ मा सुनको जलहरी निर्माण प्रक्रियामा १०७ किलो ९ सय २४ ग्राम प्रयोग गर्ने उल्लेख गरिएको हुन्छ। त्यसमध्ये ९६ किलो ८ सय २२ ग्राममात्रै प्रयोग गरिएको र १० किलो ९ सय ७६ ग्राम बेपत्ता भएको भन्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यो कुरा बोल्न महालेखाको प्रतिवेदन हामीलाई दिइएको हो । त्यो बोल्दा संसद्मा रेकर्ड हटाउने कुराको म विरुद्धमा छु । ’

जलहरी प्रकरणमा बोल्दा संसद्को रेकर्डबाट हटेपनि जनताको मनबाट नहट्ने उनको भनाइ छ।


प्रतिक्रिया

2 thoughts on “जलहरी प्रकरणमा सांसद खतिवडा- संसदको रेकर्डबाट हटेपनि जनताको मनबाट हट्दैन, छलफल गरौं

  1. माननीय रामहरिले पटकपटक यस्तै विषय संसदमा उठाएको देखिन्छ।तर आरोपका लागी आरोप गरेर उहाँले समय बर्बाद गर्नुहुन्छ।उहाँलाई पनि एकपटक घडी चोरेको आरोप लागेको थियो त्यसको जवाफ उहाँले कहिले दिनुभएन।अरुको बारेमा कुरा गर्नुपुर्व आफ्नो अनुहार ऐनामा हेर्नू नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर