इच्छाराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा – Nepal Press

इच्छाराजविरुद्धको मुद्दामा बहस हुँदै गर्दा इजलासमै लफडा

काठमाडौं । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्ध सहकारी ठगी मुद्दाको सुनुवाइको क्रममा इजलासमा लफडा भएको हो ।

माधवप्रसाद मैनालीको एकल इजलासमा सुनुवाइ भइरहँदा इच्छाराजका वकिलले बोलेको कुरालाई लिएर विवाद भएको हो ।

तामाङका वकिलले बहसको क्रममा ‘सहकारीमा पैसा जम्मा गर्नेहरू पनि ठग र दलाल’ हुन् भनेपछि पीडितहरू वकिलमाथि खनिएका थिए । लफडा परेपछि प्रहरी बोलाएर स्थिति साम्य पारिएको छ । विवाद साम्य पार्न प्रहरीलाई १५ मिनेटजति लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर