राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो (भिडिओ) – Nepal Press

राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो (भिडिओ)

‘सानो कुरामा चित्त नबुझेन पार्टी छोड्ने प्रवृत्ति बढ्यो’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेमा राजतन्त्र भित्रिएको टिप्पणी गरेका छन्।

समाजवादी प्रेस संगठनको प्रथम केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै केही व्यक्तिका लागि ७० बर्षे उमेरहद हटाएको टिप्पणी गरे। केही व्यक्तिलाई लागि उमेदहद हटाउने भए महाधिवेशनको के औचित्य भयोरु भन्दै प्रश्न गरे।

त्यसबारे उनको भनाइः

एमालेमा हेर्दा हेर्दै राजतन्त्र भित्रिएको छ। एउटा व्यक्तिलाई जे इच्छा लाग्छ त्यही हुन्छ। महाधिवेशनले ७० वर्षे उमेरहद राख्यो। अब त्यहाँ केही व्यक्तिलाई बनाउनुपर्यो। ७० वर्ष नाघेका केही व्यक्तिलाई बोलाएर भित्र्याउनुपर्ने भयो। त्यसकारण त्यसलाई हटाउने निर्णय गर्दैछ।

त्योभए महाधिवेशनको के औचित्य भयोरु त्यो हुनाले हामीले भनेका छौं लेलिनवादी संगठानात्मक सिद्धान्त व्यक्ति संगठनको मातहतमा हुन्छ। तल्लो कमिटीले माथिल्लो कमिटीको मातहतमा हुन्छ। सबै सदस्यको सिंगो महाधिवेशनको मातहतमा हुन्छ।

अल्पमत बहुमतको मातहतमा हुन्छ। त्यही कुरा पालना गर्ने प्रवृत्ति त्यहाँ नभएपछि हामीले विद्रोह गरेका हौं। त्यो विद्रोह अनुसार आज हामी नयाँ पार्टी निर्माण गरेर अघि बढेका छौं।

अहिले हाम्रो पार्टीभित्र पनि केही केही समस्या देखा परिरहेका छन्। त्यो समस्या भनेको सानो कुरामा चित्त बुझेन छोडिहाल्ने फेरि अर्कोतिर दौडिहाल्ने प्रवृत्ति बढेको छ।


प्रतिक्रिया

One thought on “राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो (भिडिओ)

  1. दलालहरू कराउँदै गर्छन एमाले अघि बढदैगर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर