२९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो – Nepal Press

२९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश माग गरेको छ ।

शुक्रबार एक सूचना निकालेर आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरिएको हो ।

आयोगले आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाती २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको छ ।

विज्ञापन प्रकाशन भएको दिनदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ। भदौ १६ देखि भदौ २० सम्म परीक्षा सञ्चालन हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर