रवि लामिछानेलक्षित गगनको कटाक्ष- नयाँ दलमा नेता हुन भगवान हुनुपर्छ – Nepal Press

रवि लामिछानेलक्षित गगनको कटाक्ष- नयाँ दलमा नेता हुन भगवान हुनुपर्छ

‘आगामी निर्वाचनमा एमाले, माओवादी र घण्टी मिलेपनि कांग्रेस एक्लै लड्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीमा नेता बन्नको लागि भगवान बन्नुपर्ने टिप्पणी गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै नेपाली कांग्रेस धनकुटाको जिल्ला सम्मेलनमा यस्तो बताएका हुन् ।

उनले भने, ‘हाम्रो पार्टी नेकपा एमाले जस्तो होइन। हाम्रो पार्टी नयाँ पनि होइन, नयाँ पार्टीमा नेता हुन भगवान् हुनुपर्छ । भगवान्ले भनेपछि सक्यो । तर, हामी त कांग्रेस हो आम मान्छेको पार्टी हो । त्यसैले हामी तल जनताको जान आतुर छौं । जनभावना बुझ्न चाहन्छौं ।’

कांग्रेस सरकारभन्दा ठूलो भन्ने छवि बनिरहेको बेलामा सरकार गुम्ने डरले चुनावी तालमेल गरेकै कारणले अहिले पार्टीमा निराशा छाएको बताए ।

उनले अहिले सत्तामा रहेको बेलामा चार वर्षपछि चुनाव जित्न सकिँदैन भनेर आत्तिन नहुने तर्क गरे । उनले आगामी निर्वाचनमा एमाले, माओवादी, घण्टीको गठबन्धन भएपछि कांग्रेस एक्लै लड्ने जिकिर गरे । उनले सरकार गएपनि विचार, सिद्धान्त र मूल्यमान्यता छाड्नु नुहुने बताए ।

 


प्रतिक्रिया

One thought on “रवि लामिछानेलक्षित गगनको कटाक्ष- नयाँ दलमा नेता हुन भगवान हुनुपर्छ

  1. बकम्फुस्से कुरा गर्न थालेछ गगन । भोलि रास्वपा प्रवेश गर्ने लाईनमा छौ । फुर्ति लाउने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर