यू-२० एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार – Nepal Press

यू-२० एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल चीनसँग ५-० गोलको नतिजामा पराजित भएको छ ।

म्यानमारको यानगोनस्थित थुवुन्ना स्टेडियममा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि, नेपाल पहिलो खेलमा घरेलु टिम म्यानमारसँग ५-० कै नतिजामा पराजित भएको थियो ।

चीनको जितमा ओयाङ यूयान, हुओ यूछिन, यिन लिहोङ, लु जुयाउ र यूू ज्याकीले गोल गरे । चीनसँगको हारसँगै नेपालको तेस्रो चरण पुग्ने सम्भावना लगभग सकिएको छ । छनोटको समूह बी मा रहेको नेपाल २ खेलमा जितबिहिन रहँदा तालिकाको पुछारमा छ ।

चीन लगातार जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले अब अन्तिम खेलमा शनिबार चाईनिज ताइपेइसँग खेल्नेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *