मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन – Nepal Press

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. साहको निधन

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति तथा हाडजोर्नी विशेषज्ञ डा. रामकेवल साहको निधन भएको छ ।

लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको निधन दिल्लीको एक अस्पतालमा भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो ।

तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *