बजेटबारे उपेन्द्र यादव- कर्मचारी र बिचौलियाको सेटिङमा बन्छ – Nepal Press

बजेटबारे उपेन्द्र यादव- कर्मचारी र बिचौलियाको सेटिङमा बन्छ

काठमाडौं । सत्ताधारी दल जनता समाजवादी पार्टी जसपा)ले आगामी वर्षका लागि सरकारले ल्याएको बजेटको विरोध जनाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याउने बजेट कर्मचारी र बिचौलियाको सेटिङमा बन्ने भन्दै आलोचना गरेका छन् ।

संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘बजेटको निर्माण राजनीतिकस्तरमा नभएर कर्मचारीहरु, विचौलियाहरुको सेटिङमा गर्ने कार्य भएको हुनाले देश र जनताको समस्या बुझेका व्यक्तिहरु नभएर बनेको बजेट यस्तै हुन्छ ।’

सत्ता गठबन्धन र सरकारमा भए पनि गलत कुरालाई सत्य भन्न नसकिने उनले बताए । बजेटले असमानता सिर्जना र आक्रोश पैदा गरेको बताए ।

उनले मधेशमा सबैभन्दा थोरै बजेट राखेकोप्रति सरकारको चर्को आलोचना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर