नागरिकता माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू) – Nepal Press

नागरिकता माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाली नागरिकता माग्दै नागरिकताविहीन युवाले माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक यथास्थितिमा राख्न सर्वोच्चले गरेको आदेशविरुद्ध उनीहरूले प्रदर्शन गरेका हुन् । बुबा-आमा नेपालाी म चाहिँ कहाँ को भनेर ? प्रदर्शनमा सहभागी युवाले प्रश्न सोधेका छन् ।

आमाको नामबाट नागरिकता दिनुपर्ने, नेपाली नागरिकलाई अनागरिक बनाउन नहुने जस्ता नारा लेखिएको प्लेकार्ड उनीहरूले बोकेका थिए ।

उनीहरूले तराईमधेशबाट नागरिकताविहीनलाई बोलाइएको भन्दै भोलि पनि प्रदर्शन गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर