दयाहाङ यामको ‘कार्साङ’मा अनुबन्धित – Nepal Press

दयाहाङ यामको ‘कार्साङ’मा अनुबन्धित

काठमाडौं । यार्सा फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्र ‘कार्साङ’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । चलचित्रका बाँकी कलाकार भने अडिसनमार्फत छनोट गरिनेछ ।

चलचित्रमा दयाहाङसँगै छायाँकारमा पुरुषोत्तम प्रधान पनि अनुबन्धित भएका छन् ।

चलचित्रमा याम शेर्पाको लेखन तथा निर्देशन रहनेछ । शेर्पाको यो डेब्यु निर्देशकीय चलचित्र हो । उनले यसअघि थुप्रै सर्ट फिल्मको निर्देशन गरिसकेका छन् ।

सामाजिक कथामा आधारित रहेर निर्माण हुने चलचित्रको ९० प्रतिशत छायांकन बाह्रबीसे नगरपालिका- ६ मा गरिनेछ भने बाँकी छायाँकन भोटेकोशीमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *