सहकारीको समस्या राष्ट्रिय समस्या भयो, समाधान गर्न समिति बनाएका छौं: गृहमन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

सहकारीको समस्या राष्ट्रिय समस्या भयो, समाधान गर्न समिति बनाएका छौं: गृहमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । सहकारीमा देखिएको समस्या राष्ट्रिय समस्या भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । विगत ४ दिनदेखि काठमाडौंको माइतीघरमा सहकारी बचतकर्ता पीडित संघर्ष समितिले गरिरहेको आन्दोलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले समाधान गरिने आश्वासन दिएका हुन् ।

उनले भने, ‘सहकारी बचतकर्ताको समस्या देखिएकाले समिति बनाएर रिपोर्ट माग गरेका छौं । त्यसले रिपोर्ट दिनेबेला सहकारी सञ्चालकलाई बोलाउँछ र समस्या समाधान गर्छ ।’

उजुरीका आधारमा आवश्यक पर्दा छुट्टाछुट्टै छानबिन पनि गरिने मन्त्री श्रेष्ठको भनाइ छ ।

अहिले सहकारीका बचतकर्ता बचत फिर्ताको माग राख्दै आन्दोलन गरिरहेका छन् । हाल देशभर ३२ हजार बढी सहकारी छन् । तीमध्ये केही सहकारीले निक्षेपकर्ताको बचत फिर्ता गर्न सकेका छैनन् । बचतकर्ताहरु पटक पटक धाउँदा पनि सहकारीबाट निक्षेप फिर्ता पाउन नसकेपछि आन्दोलनमा उत्रिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर