पानी अभावले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षा स्थगित – Nepal Press

पानी अभावले धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षा स्थगित

काठमाडौं । चरम पानी अभाव भएपछि धरानमा रहेको देशकै नामी शिक्षण अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कक्षा स्थगित भएका छन् ।

दन्त चिकित्साका दोश्रो वर्षका बाहेक सबै कक्षाहरु जेठ ३० सम्म स्थगित भएको प्रतिष्ठानले सूचना जारी गरेको छ । आज प्रतिष्ठानका एसिस्टेन्ट डीन डाक्टर भिम्मी सिंहले सार्वजनिक रूपमा विद्यार्थीलाई जानकारी दिएका हुन् ।

धरानमा पानी चरम अभाव भएपछि प्रतिष्ठानको पठनपाठनमा समस्या आएको थियो । केही दिन अगाडि पर्याप्त पानीको माग गर्दै प्रतिष्ठानका विद्यार्थीले आन्दोलन समेत गरेका थिए ।

पानी अभावले डाइलासिसमा समेत असर पर्ने देखिएको छ । प्रतिष्ठानका अनुसार डायलायसिस वार्डमा दैनिक औसतमा ४० देखि ६० बिरामीको डायलायसिस हुन्छ। प्रति बिरामी औसतमा ३ सयदेखि ६ सय लिटरसम्म पानी खपत हुने गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *