ओलीको दाबी- करका दरमा व्यापारीको अनुहार देखिन्छ, बलजफ्तीको हद हुन्छ नि ! (भिडिओ) – Nepal Press

ओलीको दाबी- करका दरमा व्यापारीको अनुहार देखिन्छ, बलजफ्तीको हद हुन्छ नि ! (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटको करका दरमा व्यापारीको अनुहार देखिएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘अर्थ मन्त्रालयलाई हामीले विश्वास गर्नुपर्छ। तर, हामीले गतबर्ष पनि तमासा देख्यौं । तमासा भएपछि कमसेक त्यहाँ बेठिक भएको रहेछ । यसपटक बेठिक भएको रहेछ आइन्दा यस्तो गरिँदैन भनेर सरकारले भन्न सक्यो ? केही पनि भएको छैन । करका दर हेर्दा अनि व्यापारी देखिँदैन ? ठीक गरेका छौँ ।’

गतवर्ष पनि कोही पनि आएको छैन भनेर करका दर फेरेपनि परिणामा बजेट असफल भएको बताए ।

उनले भने, ‘भित्र पुग्दै निस्कँदै गरेका हुन् बसेकै छैन, बसेको भए पनि त्यहाँ सुतेको छैन, सुते पनि खाएको छैन । खाए पनि सबै गरे पनि बजेट हेर्या छैन । हेरेको भए पनि लेखेको छैन । यस्तो तर्क बलजफ्तीको पनि हद हुन्छ नि । सत्तापक्षले हामीसँग बहुमत भनेर पास गनुर्भएको होइन पोहोर, परिणाम बजेट पास भयो कि फेल भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर